|

दाङ :  जिल्लाको तुल्सीपुरका व्यापारी राजकुमार श्रेष्ठ शुक्रबार बेलुकादेखि सम्पर्कविहीन भएका छन्। उनकी पत्नीले शनिबार विहान ६ बजे पति सम्पर्कविहीन भएको जानकारी गराएका इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए।

शुक्रबार रोटरी क्लब तुलसीपुरको बैठकमा सहभागी भएका श्रेष्ठ साँझ घर फर्किएनन्। 'साँझमा घरमा आउँछु, ढोका बन्द नगर्नु भन्नुभएको थियो। तर,उहाँ आउनुभएन। मोबाइल अफ छ' पत्नीको भनाइ उधृत गर्दै डीएसपी तिम्सिनाले भने। श्रेष्ठ सवार बा १२ च १०७१ नम्बरको गाडी सल्यानको रिममा फेला परेको छ। गाडी फेला परेको स्थानमा दाङको प्रहरी टोली परिचालन गरिएको छ भने सल्यानको प्रहरी पनि त्यहाँ पुगेको छ।

व्यापारी श्रेष्ठ आफै बेपत्ता भएका हुन् या कसैले अपहरण गरेका हुन् भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनले तुलसीपुर बजारमा बुटवल बस्त्रालय सञ्चालन गर्दै आएका छन्। यसअघि तुलसीपुरकै जग्गा व्यापारी रत्न वली बेपत्ता भएर मृत अवस्थामा भेटिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.