|

चितवन : थाहाखबर डटकम र रेडियो थाहा सञ्चार नेटवर्कका चितवन संवाददाता नारायण ढुंगाना शनिबार सम्मानित भएका छन्। भरतपुर महानगरपालिका १० को स्याउलीबजार टोलसुधार समितिले पत्रकारिता मार्फत सामाजिक विषय उठान गरी समुदायलाई सुसूचित गराएको भन्दै  ढुंगानालाई सम्मान गरेको हो। शनिबार आयोजित कार्यक्रममा सांसद कृष्णभक्त पोखरेलले ढुंगानालाई कदरपत्र सहित सम्मान गरे।

यसअघि जेठ २२ गते पनि विश्व वातावरण दिवसको अवसरमा वन, वातावरण र वन्यजन्तु संरक्षणमा पत्रकारिता मार्फत गरेको कामको प्रशंसा गर्दै ढुंगानालाई चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रले सम्मान गरेको थियो।

स्याउलीबजारका स्थानीयहरुले घरबाट निस्कने फोहर घरमै व्यवस्थापन गरी कौसीमा तरकारी फलाएर नमूना काम गर्दै आएका छन्। यहाँको अभ्यासबारे जानकारी लिन विभिन्न जिल्लाबाट मानिसहरु भ्रमणमा समेत आउने गरेका छन्। फोहर व्यवस्थापनमा नमूना काम गरेबापत संस्थाकी अध्यक्ष तुलसा ज्ञवालीले अन्तर्राष्ट्रिय अवार्ड समेत पाएकी छन्।

टोल विकास समितिको १८ औं साधारण सभा तथा १२ औं अधिवेशनका क्रममा चितवनका पत्रकार राजु भट्ट समेत सम्मानित भएका छन्। कार्यक्रममा वडा नम्बर १० का नव निर्वाचित वडाध्यक्ष अरुणपीडित भण्डारी, लायन्स क्लब इन्टरनेशनल ३२५ वी २ का गभर्नर घनश्याम भट्टराई, भरतपुर महानगरपालिकाका ईन्जिनियर विराट घिमिरेलाई पनि सम्मान गरिएको थियो।

टोलको विकासमा लाग्ने विभिन्न व्यक्तहरु त्था वयोवृद्धलाई प्रशंसापत्र सहित सम्मन गरिएको थियो भने टोलमा रहेका उत्कृष्ट १५ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.