|

रुकुम :  रुकुममा डेढ सय बढी म्यादी प्रहरीले राजिनामा दिएका छन् । स्थानीय तहको पहिलो चरणको निर्बाचन सकिएसगै म्यादीहरु बिभिन्न समस्या देखाउदै धमाधम राजिनामा दिएका हुन्। रुकुम जिल्लाका ६ वटा स्थानीयमा निर्वाचन सम्पन्न भए पनि ३ वटामा निर्वाचन हुन बाँकी छ।

जिल्ला प्रहरी कार्यालय रुकुममा प्रहरी निरीक्षक थमनबहादुर रजाँलीले निर्वाचनका लागि भर्ती भएका मध्य १ सय ७८ जना म्यादी प्रहरीले राजिनामा दिइसकेको जानकारी दिए।

उनका अनुसार उनीहरुले विभिन्न व्यक्तिगत कारण देखाएर राजिनामा दिएका हुन्। ‘कसैले विदेशका लागि भिसा आइसकेको भनेका छन, केहीले परीक्षा आएको भनेका छन् र केहीले खेतिपाति लागि भन्दै राजिनामा दिएका छन्’ उनले भने, ‘ब्यक्तिगत कामले केही म्यादीहरुले छोडेको भए पनि आवश्यक भन्दा बढी नै शुरुमा भर्ती गरेका कारण सुरक्षामा कुनै समस्या हुदैन।’

उनीहरुले सरकारले सरकारले तोके अनुसारको ५५ दिनको सेवा सुविधा लिएर बिदा भएका हुन्। स्थानीय तहको चुनावका लागि जिल्लामा कुल ७ सय ८५ जना म्यादी प्रहरी भर्ना गरिएको थियो। बाँकी रहेका म्यादीहरुलाई दोस्रो चरणमा निर्वाचन हुने जिल्लाका ३ स्थानीय तहमा खटाइदैछ। एउटा मतदान केन्द्रमा १५ जनाका दरले ३१ वटा मतदान स्थलमा म्यादी प्रहरी खटाइने र बाँकी रहेकालाई सरमुकाम तथा निर्वाचन भइसकेका अन्य मुख्य ठाउँहरुको सुरक्षाका लागि खटाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.