|

जनकपुरधाम : स्थानीय निकायको निर्वाचनलाई मध्यनजर गर्दै मतदाताहरुको लागि निकालिएको प्रश्नोत्तर पुस्तकमा व्यापक त्रुटी देखिएको छ। यही असार १४ गते तय गरिएको दोस्रो चरणको निर्वाचनका लागि मतदातालाई बुझ्न सजिलो होस् भनी तयार गरिएको मैथिली भाषाको पुस्तकमा त्रुटी देखिएको हो।

गाउँपालिका-नगरपालिका निर्वाचन २०७४ को प्रश्न र उत्तर विषयकाको पुस्तकमा नेपाली भाषामा लेखिएको अक्षरहरुलाई मैथिलीमा अनुवाद गर्दा व्यापक त्रुटी भेटिएको छ। निर्वाचन आयोगले स्थानीय मातृभाषामा मतदाताहरुलाई सिक्न तथा बुझ्नको लागि निकालेको पुस्तकमा शुद्ध मैथिली नभएका कारण पढ्नेहरु पुस्तक अध्ययन गर्न गाह्रो भएको नेपाली कांग्रेसका भातृसंगठन नेपाल विद्यार्थी संघका सचिव सुजित मिश्रले गुनासो गरे।

नेपाली भाषा, अवधि भाषा तथा भोजपुरी भाषा समेत पुस्तकमा समेटिएको छ। तर  पुस्तकमा भैथिली भाषा भनेर लेखिएको छ।

एकता नभएका कारण पढ्ने मानिसलाई बुझ्न असजिलो भइरहेको छ। यस विषयमा निर्वाचन कार्यालय धनुषाका प्रमुख पुष्पा झासँग प्रश्न गर्दा पुस्तक निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट पठाइएकोले आफुले केही भन्न नमिल्ने बताए। उनले भाषिक त्रुटी रहेको स्विकार गर्दै त्रुटी भएको पुस्तक वितरण बन्द गरिने जनाए।

नेपाल पत्रकार महासंघका सदस्य अनिल मिश्रले पुस्तकमा भएको त्रुटीहरु सुधार हुनुपर्नेमा जोड दिएका छन्। 'भाषागत त्रुटीले सर्वसाधारणलाई बुझ्न समस्या भयो साथै यसले मैथिली भाषा माथि पनि प्रश्न चिन्ह खडा गरेको छ,' उनले भने।

मैथिली भाषा देशको दोश्रो ठुलो भाषा रहेपनि यसरी मैथिलीमा निकालिएको पुस्तकमा नेपाली, अवधि तथा भोजपुरीको समिश्रण गर्नु कदापि उचित नभएको मैथिली साहित्यकार डा. राजेन्द्र विमलको बुझाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.