|

बारा : दशकौंदेखिका सुकुमवासी मतदाताले बासस्थान व्यवस्था गर्ने पार्टीका उम्मेदवारलाई मात्रै भोट दिने बताएका छन्। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४, १५ र १६ का टाँगिया बस्ती, डुमरवाना, महेन्द्रनगर, डकाहा, कतरवा, भवानीपुर, नयाँबस्ती र वडा नम्बर १७ रामनगरका सुकमबासी मतदाताले यसपटकको स्थानीय तह चुनावमा बासस्थान व्यवस्था गर्ने पार्टीका उम्मेदवारलाई मात्रै भोट दिने बताएका छन्।

२३ वडा रहेको जितपुरसिमरा उपमहानगरपालिका १४, १५, १६ र १७ मा आधाभन्दा बढी मतदाता लामो समयदेखि सुकमबासीका रुपमा बस्दै आएका छन्।

'राजतन्त्रदेखि लोकतन्त्र स्थापना भइसक्दाको अनरालमा संसदीय निर्वाचन, स्थानीय निर्वाचन र दुईवटा संविधानसभाको निर्वाचनमा भोट माग्ने उम्मेदवारले बसोबास गरेको जग्गाको लालपुर्जा बनाइदिने आश्वासन दिएर भोट लिने काम गरे,' जितपुरसिमरा-१६ कतरवा टोलका सुकुमवासी उद्धब सुवेदीले भने, 'अब हुन गइरहेको स्थानीय तहको चुनावमा लालपुर्जा बनाइदिने आश्वासन दिने पार्टीका उम्मेदवारलाई भोट नदिनेमा सबै सकुमबासी एक भएका छौँ।'

पहिले सुकुमवासीको नाममा राजनीति गर्ने पार्टीका उम्मेदवारलाई संसदीय निर्वाचन र स्थानीय निर्वाचनमा जिताए पनि उनीहरुले सुकुमवासीलाई लालपुर्जा बनाइदिन केही नगरेको गुनासो सुवेदीले गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.