|

काभ्रेपलाञ्चोक : मिर्गौलाको समस्याबाट पीडित तेमाल गाउँपालिका–१, आधाबाटकी १२ वर्षीया रश्मी तामाङको उपचारकालागि सहयोग गर्न परिवारले आग्रह गरेको छ।

आर्थिक अवस्था पनि कमजोर रहेको र वर्षौंदेखि छोरीको उपचारको लागि खर्च गर्दै आएका कारण धान्न नसकेको भन्दै रश्मीका बुबा बज्रबहादुर तामाङले सहयोगको याचना गरेका हुन् । ‘हरसम्भव घरबाट नै उपचार गराइरहेको छु, एक पटकमा १५\२० हजार लाग्छ, महिनामा २\३ पटकसम्म अस्पताल लगिरहनु पर्छ’, बज्रबहादुरले भने, ‘अब खर्च जुटाउन गाह्रो भएको छ।’ 

रश्मी पाँच वर्षदेखि मिर्गौलाको बिरामी छिन्। दुवै मिर्गौलामा शरीरलाई आवश्यक पर्ने प्रोटिन प्राप्त गर्ने शक्तिमा ह्रास आएका कारण समस्या भएको डाक्टरले बताएको उनका काका इन्द्रबहादुर तामाङले बताए। उनी अहिले मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेकी छिन्। 

स्थानीय युवा 'रश्मी तामाङ बचाउ' अभियान नै चलाएर रकम संकलनमा जुटिरहेका छन्। यसैबीच काभ्रेली समाज जापानको सहयोगमा ८३ हजार रुपैयाँ शनिवार परिवारलाई हस्तान्तरण गरिएको छ। विक्रम थपलियाको नेतृत्वमा काभ्रेबाट जापान गएर काम गरिरहेका नेपालीहरुबाट जम्मा गरेको रकम शनिवार बिरामीका बुबा बज्रबहादुरलाई बुझाइएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.