|

  • पेमा लामा -

काभ्रे : भूकम्पपछिको निजी आवास पुनर्निर्माणको लागि दक्ष कामदारको अभाव भइरहेको बेला जिल्ला आयोजना कार्यान्वयन एकाई, काभ्रेको आयोजना एवं सहरी विकास मन्त्रालयको सहयोगमा सञ्चालन भएको मुख्य डकर्मी तालिम शनिबार सम्पन्न भएको छ।

काभ्रे जिल्लामा भूकम्पपछिको निजी आवास निर्माणमा थप सहयोग पुर्‍याउने उद्देश्यले भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिमको आयोजना गरिएको जिल्ला आयोजना कार्यान्वयन ईकाई, काभ्रेका उपप्रमुख अशोक अधिकारीले बताए। उनका अुनसार जिल्लाको बनेपा, पनौती, धुलिखेल, तेमाल गाउँपालिकाको मेच्छे र कुरुवासचापाखोरी एवं महाभारत गाउँपालिकाको गोकुलेमा गरी ५ ठाउँमा तालिम सञ्चालन भइरहेको उपप्रमुख अधिकारीले जानकारी दिए। उनले तालिमबाट उनीहरुले प्राविधिक, व्यावहारिक र नेतृत्व क्षमताको समेत सीप पिकास गर्ने बताएका छन्।

सात दिनसम्म चल्ने उक्त तालिममा १ सय ८० जना डकर्मीहरुको सहभागिता रहेको जिल्ला आयोजना कार्यान्वयन ईकाई काभ्रेले जनाएको छ। अधिकारीका अनुसार तालिम लिएकाहरुले अब पुनर्निर्माणका खटिएका डकर्मीहरुलाई कसरी भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने भन्ने विषयमा सिकाइनेछ।

अहिले जति पनि हामीले तालिम सञ्चालन गरेका ठाउँहरुमा मुख्य डकर्मीहरुका लागि तालिम दिएका छौं, त्यसबाट उहाँहरुले ती पुनर्निर्माणको क्षेत्रमा काम गरिरहेकाहरुलाई थप विधि र नियमबारे जानकारी दिएर सहयोग गर्नुहुनेछ।’ अधिकारीले भने।

तालिममा सहभागीहरुले पनि आफूहरुले काम गर्दै आएको तरिकाभन्दा भिन्न रहेकोले सो तालिम प्रभावकारी रहेको बताएका छन्। मैले १०/१२ वर्ष भयो घर निर्माणको काम गर्दै आएको तर पहिलादेखि गर्दै आएको भन्दा धेरै भिन्न तरिकाले बनाउनुपर्ने रहेछ।’ पनौती-९ सन्थानका प्रमुराम श्रेष्ठले भने।

उनले आफुहरुले बनाउँदै आएको घर निर्माणको प्रक्रियामा धेरै त्रुटि गर्दै आएको पाइएको बताए। ‘पहिला घर निर्माण गर्दा बढी खर्च हुन्छ भन्दै काम सकाउने गरी गर्‍यौं तर त्यसरी बनाएको घर जोखिमयुक्त हुँदोरहेछ। ‘अहिले तालिम लिएपछि थाहा पायौं’ उनले भने, ‘अब राम्रैसँग बनाउन सकिन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.