नौ राजनीतिक दलले मात्र पाए चुनाव चिह्न

|

  • प्रकाश पार्की-

डडेल्धुरा : असार १४ गते हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा दुई नगरपालिका र पाँच गाउँपालिका रहेको डडेल्धुरा जिल्लामा पुरुष मतदाताभन्दा महिला मतदाता बढी रहेका छन्।

जिल्लामा ३७ हजार २५४ पुरुष र ३८ हजार ५२६ जना महिला गरी जम्मा ७५ हजार ७८० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ। जिल्लामा पुरुषभन्दा एक हजार २७२ जना महिला मतदाता बढी रहेको जिल्ला निर्वाचन अधिकृत कृष्णसिंह नायकले जानकारी दिए।

कुन नगरपालिका र गाउँपालिकामा कति मतदाता?

जिल्लामा सबैभन्दा बढी मतदाता परशुराम नगरपालिमा रहेका छन्। यहाँ १७ हजार ५३२ जना मतदाता छन्। यसरी नै सबैभन्दा कम भागेश्वर गाउँपालिकामा सात हजार ४५७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।

यसरी नै अमरगढी नगरपालिकामा ११ हजार ७८३, आलिताल गाउँपालिकामा नौ हजार २२२, नवदुर्गा गाउँपालिकामा ११ हजार १४ मतदाता रहेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार अजयमेरु गाउँपालिकामा नौ हजार ९७३, गन्यापधुरा गाउँपालिमा आठ हजार ८१७ मतदाता रहेका छन्।

७७ मतदानस्थल र ११० मतदान केन्द्र

असार १४ गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि जिल्लामा ७७ वटा मतदानस्थल निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। ११० वटा मतदान केन्द्र निर्वाचन आयोगले यसअघि नै निर्धारण गरिसकेको छ।

डडेल्धुरामा नौ राजनीतिक दलले चुनाव चिह्न पाए

स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा नौ राजनीतिक दलले चुनाव चिह्न पाएका छन्। जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा दर्ता भएका १३ दलमध्ये नौवटा राजनीतिक दलले मात्रै चुनाव चिह्न पाएका हुन्।

चुनाव चिह्न पाउने राजनीतिक दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेकपा माले, नेकपा संयुक्त, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र संघीय समाजवादी फोरम नेपाल पार्टी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.