अनुगमन अभावले खानेपानी योजना अलपत्र

|

  • अर्जुन बोहरा-

 सिमकोट : हुम्ला जिल्लामा ग्रामीण क्षेत्रका जनताका लागि निर्माण गरिएका अधिकांश खानेपानी योजनाहरु  अलपत्र परेका छन्। हरेक वर्ष सरकारी गैरसरकारी निकायाहरुबाट नियमित अनुगमन नहुँदा योजनाहरु अलपत्र परेका हुन्।

सदरमुकाम सिमकोटदेखि ७ कोस टाढा रहेको खार्पुनाथा  गाउँपालिकामा रहेको नल्ल गाउँमा भने खानेपानी धारा निर्माण अलपत्र परेको छ। छिप्रा गाउँमा रहेको नल्लपुलमा बस्ने बास्निदाको लागि खानेपानी धारा निर्माण कागजी रुपमा पास गरेको समेत छिप्रा गाउँका स्वास्थ्य चौकी इन्चार्ज काली बहादुर शाहीले  बताए।

उनका अनुसार जिल्ला समन्वय समिति ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आयोजनामा ३ लाख ५० हजारको लागतमा १३ घरधुरीलाई लक्षित गर्दै  एउटा खानेपानी धारो निर्माण गरेको भए तापनि निर्माण सम्पन्न भइसक्दा पनि अहिलेसम्म कामदारले पैसा पाएका छैनन्।

पानी मुल खानेपानी समितिका कोषाध्यक्ष केशीकला भण्डारीले आयोजना संस्थाले नै आफूलाई ठगेको बताए। अहिलेसम्म सम्झौता गरेअनुसार पाउनुपर्ने रकम नपाएकाले कामदारलाई पूरा पैसा दिन नसकिएको भण्डारीले बताए।

कागजी रुपमा योजना पास, धारामा पानी आउँदैन

कागजी रुपमा खानेपानी योजना पास भइसकेको छ तर यहाँका धारामा न त धारामा टुटी छ,न त पानी झरेको छ। पाइपलाइन मात्रै  बिच्छ्याइएको छ, भने कागजी रुपमा खानेपानी योजना सम्पन्न भइसकेका छन्।

ग्रामीण जलस्रोत व्यास्थापन परियोजान हुम्लाद्वारा  सञ्‍चालन गरेको गुरु योजनाअनुसार  १३ घरधुरीलाई लक्षित गरिएका खानेपानी धारा सञ्‍चालन गरे तापनि  जिल्ला समन्वय समिति अन्तर्गतकै  जलवायु परिवर्तन अनुकूलन कार्यक्रम लापा हुम्लाले भने त्यही ठाउँमा पनि अर्को धारा जडान गरिदिएको छ।

झारा टार्ने काम

साढे ३ लाखमा  एउटा धाराको निर्माण सम्पन्न नुहँदै, समुदायलाई मर्मतका लागि  पुन रकम थप गरिदिने भन्दै झारो टार्नै काम समेत गरेको खुलासा भएको छ।अर्कोतिर जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, जिल्ला समन्वय समिति, साविक गाँउ विकास समिति र विभिन्न संघसस्था दातृ निकायहरुको आर्थिक सहयोगमा बनेका  जिल्लाभरी खानेपानी  योजनाहरु सञ्‍चालनमा  आउन सकिरहेका छैनन्।

हुम्लाकै सिमकोट गाउँपालिका अन्र्तगत साविक गाउँविकास समिति ठेहेमा भने ६सय घुरधुरी लाई लक्षित गरिएको फन्टवोर्ड कार्यक्रम बाट १ करोड बढीको रकम एउटा धारासमेत भेटाउन नसकिएको समेत ठेहेका स्थानीय बासिन्दाले बताएका छन्। खानेपानी योजना निर्माण सम्पन्न भएको भन्दै खर्च गरी, खानेपानी योजना सञ्चालन गरे तापनि योजना सम्पन्न भएको १० औं वर्ष  बिते पनि अहिलेसम्म सुनुवाइ भने नभएको समेत ठेहे गाउँ निवासी गोरख बहादुर भण्डारीले बताए।

समुदायमा रहेको उपभोक्ता समितिको लापरबाही, दातृहरुको निगरानी नहुनु र साझेदारी संस्थाहरुको समेत उपभोक्तादेखि लिएर दातासँगको मिलोमोतामा जिल्लामा  सञ्‍चालन खानेपानीको अभाव हुँदै गएको हो।

जिल्लामा खानेपानी योजनाको गुरुयोजना तयार भए तापनि त्यसमा संरचनाहरु गुणस्तरीय नबन्नु, समुदायहरुले योजनाको आवश्यक मर्मत सम्भारमा ध्यान नदिनु र पहुँचको भरमा प्रत्येक वर्ष गाँउमा योजना डुब्लीकेशन गर्दै जानुले नै विकास  निर्मण भएका योजनाहरु समेत अहिले नमुना मात्र देखिएको यहाँका स्थानीयको गुनासो छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.