|
फाइल फोटोः cmprachanda.com

काठमाडौं : आजको बिहान पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि अन्य दिनभन्दा फरक रहेन। मुलुकको ३९ औँ प्रधानमन्त्री चुनिँदै गरेका प्रचण्डले आजको बिहान कसरी बिताए? थाहाखबरका बुद्ध लोप्चनले सोधखोज गरेका छन्ः

प्रचण्ड हरेक दिन बिहान साढे ४ देखि ५ बजेको बिचमा उठिसक्छन्। आज उनी ५ बजे नै उठिसकेका थिए। त्यसपछि उनी बाथरुम गए, फ्रेस भए र निस्के। बाथरुममा उनले करिब आधा घण्टा समय बिताए। 

प्रचण्डको मुहारमा खुसी भन्दा ज्यादा चिन्ता नै झल्कन्थ्यो। बाथरुमबाट निस्केपछि उनी टेनिस टेबल खेल्न पुगे। प्रचण्डको लाजिम्पाटस्थित निवासमा टेबल टेनिस कोर्ट छ। प्रचण्डका स्वकीय सचिव समेत रहेका उनका छोरा प्रकाश दाहालका अनुसार प्रचण्डले करिब ४५ मिनेट टेबल टेनिस खेले। छोरा प्रकाशसहित निजी सचिवालयका सदस्य टेबलटेनिसमा उनका 'प्रतिस्पर्धी' हुन्।   

टेबल टेनिस खेलेपछि प्रचण्ड पत्रपत्रिका पढ्नतिर लागे। उनी हरेक दिन झण्डै आधा घण्टा पत्रपत्रिका पढ्छन्। पत्रिकाहरुले राजनीतिक घटनाक्रमलाई कसरी प्रस्तुत गरेका रहेछन् भन्ने नियालेपछि सदा झैँ उनी नियमित भेटघाटतिर लागे। 

बिहानको खाना घरमै खाएर प्रचण्ड संसद बैठक जानेछन्। प्रधानमन्त्री निर्वाचनका लागि बुधबार बिहान ११ बजे व्यवस्थापिका संसदको बैठक बोलाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.