|

इलाम : स्थानीय तहको निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत प्रशिक्षण सुरु भएको छ। जिल्लाका ४ वटा नगरपालिकामा र ६ वटा गाउँपालिकामा खटिने ५५० बढी मतदान अधिकृत र  सहायक मतदान अधिकृतहरुको तालिम सुरु भएको हो।

पहिलो चरणमा आइतबारदेखि २५० जनालाई प्रशिक्षण दिइएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जानकारी दिए। पहिलो चरणमा इलाम नगरपालिका, देउमाइ नगरपालिका र सुर्योदय नगरपालिकाका कर्मचारीहरुलाई तालिम दिइएको छ। बाँकी रहेका १ नगरपालिका र ६ गाँउपालिकाकाका कर्मचारीहरुलाई दोश्रो चरणमा जेठ ३० र ३१ गते प्रशिक्षण दिइने दाहालले जानकारी दिए।

जिल्लाका १४४ मतदान स्थलका २४४ मतदान केन्द्रमा ५ सय भन्दा कम मतदाता रहेको क्षेत्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, २ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी रहनेछन्। त्यसैगरी ५ सय बढी मतदाता रहेको केन्द्रमा १/१ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा २/२ जना सहायक कर्मचारी र कार्यालय सहयोगी रहने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी खेम राईले जानकारी दिए।

तालिमपछि सबै स्थानीय तहमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, गणना कर्मचारी र अन्य सहयोगीहरुको जिम्मेवारी असार ३ गतेसम्ममा बाँडफाँट हुने प्रमुख निर्वाचन अधिकृत नवराज दाहालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.