|

जुम्ला : प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बालबालिकालाई बालश्रम लगाउने कुनैपनि व्यवसायीलाई कानूनी कारबाही गर्ने चेतावनी दिएका छन्। विश्व बालश्रम विरुद्धको दिवसका अवसरमा सरोकारवालाहरुसँगको बैठकमा उनले यस्तो चेतावनी दिएका हुन्।

उनले होटलमा बालबालिकाले ल्याएको खाना र खाजा नखाने बताएका छन्। 'यदि कसैले कानूनको उल्लंघन गरी होटेल, गाडी, कलकारखाना र उद्योगमा बालबालिकालाई श्रममा लगाएको देखिएमा सख्त कारबाही गर्ने निर्णय गरिएको छ,' उनले भने,'अब स्थानीय सरकार गठन भइसकेको छ, त्यहाँका पदाधिकारी र सबै सरोकारवालाहरु बसेर बालश्रम गर्नेहरु विरुद्ध कडा कानूनी व्यवस्था ल्याउनु पर्छ।'

बालबालिकाको श्रम शोषण गरिएको छ वा छैन भन्ने विषयमा जनप्रतिनिधिहरुले अनुगमन र निरीक्षण गर्नुपर्ने उनको भनाइ छ। उनले होटल व्यवसायी लगायत सबै समक्ष बालबालिकालाई काममा नलगाउन अनुरोध पनि गरेका थिए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.