|

एजेन्सी : कप्तान सरफराज अहमदले अविजित ६१ रन बनाएपछि श्रीलंकालाई ३ विकेटले हराएर पाकिस्तान च्याम्पियन्स ट्रफीको सेमिफाइनल पुगेको छ। अब जून १४ गते हुने सेमिफाइनलमा पाकिस्तानले इङल्यान्डको सामना गर्नेछन्। जून १५ गते अर्को सेमिफाइनलमा बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ।

स्तो रह्यो पाक-श्रीलंका रोमान्चक खेल

पाकिस्तानलाई श्रीलंकाले जितका लागि २ सय ३७ रनको लक्ष्य दिएको थियो। पाकिस्तानले सुरुवातमा राम्रो खेल्यो। तर मध्यक्रमका ब्याट्सम्यानहरु एकपछि अर्को गर्दै पेभेलियन फर्किए।

ओपनर फखर जमानले आफ्नो करियरको पहिलो अर्धशतक लगाउँदै ५० रन जोडे। तर त्यस्तै अजहर अलिले ३४ रन जोडे। तर बबर आजम,महोमद्ध हाफिज  र सोयब मलिकजस्ता भरपर्दा मानिएका ब्याट्सम्यान चल्न सकेनन्। अलराउन्डर इमाद वासिम ४ र फहिम असरफ १५ रनमै पेभेलियन फर्किएपछि पाकिस्तान हार नजिक पुगेको थियो।

तर कप्तान सरफराज अहमदले सम्हालिएर खेल्दै ६१ रन बटुले। महोमद्द आमिरले २८ रन बटुल्दै उनलाई साथ दिए। श्रीलंकाबाट नुवन प्रदीपले ३ तथा मालिङ्गा,लकमल र परेराले १-१ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन्।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंका ४९ ओभर २ बलमा २ सय ३६ रन बनाउँदै अलआउट भएको थियो। श्रीलंकाबाट निरोशन डिकवेलाले ७३ र कप्तान एन्जिलो माथियूजले ३९ रन जोडे। तर अन्य ब्याट्सम्यानको प्रदर्शन हेर्न लायक रहेन।

पाकिस्तानबाट हसन अली र जुनैद खानले ३-३ विकेट लिए। त्यस्तै महोमद्द आमिर र डेब्यु बलर खेलिरहेका फहीम अशरफले २-२ विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.