|

लहान : नेपाल पत्रकार महासंघ सिरहा शाखामा उपाध्यक्षबाहेक दिनेश्वरप्रसाद गुप्ता अध्यक्ष रहेको प्यानलसहितको जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। 

महासंघको सिरहा शाखाको १५ सदस्यीय जिल्ला कार्यसमितिमा खुल्ला उपाध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष गणेशप्रसाद साह र निवर्तमान सचिव जीवछ यादवलाई १८ मत अन्तरले पराजित गर्दै रामबाबु यादव ४१ मतसहित निर्वाचित भएका छन्। कार्यसमितिको अन्य पदमा निर्विरोध निर्वाचित भएपनि खुला उपाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेपछि भएको मतदानमा खसेको ८८ मतमध्ये एक मत बदर भएको थियो। कुल सदर ८७ मतमध्ये पराजित दुवै जनाले २३\२३ मत पाए।

अधिवेशनले जिल्ला कार्यसमितिमा महिला उपाध्यक्ष रिंकु दास, सचिव रोयाण्टर मण्डल, सहसचिव आशेकुमार विश्वकर्मा र जागेश्वर यादव तथा कोषाध्यक्ष पदमा मनोज बनैता निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत महेन्द्र मण्डलले जानकारी दिए।

त्यस्तै, कार्यसमितिमा खुल्ला सदस्यतर्फ विनय गौतम, उषा यादव, रामभरोसी यादव, अर्जुन गुप्ता, समावेशीतर्फ सुरेन्द्रकुमार कामती, हरिभक्त लामा, मधेसीमा शिवदयाल यादव, महिलामा सुचिता यादव, दलितमा दुर्गा परियार निर्विरोध निर्वाचित भएका छन्। 

अधिवेशनले निवर्तमान अध्यक्ष देवकुमार यादव, मणिलाल विश्वकर्मा, हिरालाल चौधरी, सन्तोष सुवेदी, भरत जर्घा मगर, चन्द्रदेव कामती, जयनारायण यादव (क), परमेश्वर साह, अमिता कर्ण र कञ्चनकुमारी मिश्रलाई केन्द्रीय सभासद् पदमा निर्विरोध निर्वाचित गरेको छ। 

महासंघको सिरहा शाखाबाट १३ जना प्रदेश सभासद्हरू राजेन्द्र महतो, वीरेन्द्र यादव, जयनारायण यादव (ख), रवीन्द्र श्रेष्ठ, मुसहरु (एम) महतो, गोपीनाथ मिश्र, दिनेश दास, वीरेन्द्र कर्ण, रेहान राजा, वीरेन्द्रप्रसाद नेपाल, भोगेन्द्र साह, फिरोज सिद्दिकी र शिवकुमार साह निर्विरोध निर्वाचित भएका छन्।      
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.