|

प्युठान :प्युठान नगरपालिकामा नयाँ शक्ति नेपालले प्रमुख पदको उम्मेदवारका रुपमा महिलालाई अघि सारेको छ। नगरप्रमुखका लागि नयाँ शक्तिले भगवती सुवेदीलाई उम्मेदवार बनाएको हो।

सुवेदीले महिला र पुरुषमा समानता ल्याउनको लागि आफु अगाडि बढेको बताएकी छिन्। 'मेरो उम्मेदवारी नै सम्पुर्ण प्युठानी महिलाको उम्मरेदवारी हो। मलाई सम्पुर्ण प्यूठानीले सहयोग गर्ने  विश्वास छ,’ उनले भनिन्।

आफुले चुनाव जितेमा महिला र पुरुषबीचको विभेद हटाउने उनले बताइन्। नयाँ शक्तिले प्युठान नगरपालिकामा महिला प्रमुखसँगै ९ नम्वर वडाका सबै पदमा महिलालाई मात्रै उम्मेदवार बनाएको जानकारी दिएको छ। नयाँ शक्तिले स्वर्गद्धारी र मल्लरानी बाहेक अन्य गाउँपालिका तथा नगरपालिकाको उम्मेदवारको टुंगो लगाएको जिल्ला संयोजक हिम बहादुर केसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.