|

उदयपुर : असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको चुनावमा उम्मेदवार बनेका पत्रकार शुपराज राईले नेपाल पत्रकार जिल्ला शाखा उदयपुरको कार्यसमिति सदस्य पदबाट राजीनामा दिएका छन्। उनी पत्रकार महासंघ शाखा उदयपुरको १० औं अधिवेशनबाट कार्यसमितिको सदस्य पदमा निर्वाचिन भएका थिए।

मंगलबार साँझ पत्रकार महासंघ शाखा कार्यालयमा अध्यक्ष भरत खड्कालाई उनले राजीनामा पत्र बुझाएका हुन्। ‘म नेकपा माओवादी केन्द्रको तर्फबाट त्रियुगा नगरपालिको १० नम्बर वडाबाट खुल्ला सदस्य्को उम्मेदवार बनेको छु,’ राजीनामा पत्र बुझाउँदै पत्रकार राईले भने, 'चुनावमा उम्मेदवार बनेपछि महासंघ केन्द्रले कार्यसमितिबाट स्वत निलम्बित हुने निर्णयलाई कार्यन्वयन गर्न राजीनामा दिएको हुँ।'

राजनीनामा पत्र बुझदै अध्यक्ष खड्काले पत्रकारितालाई स्वच्छ र मर्यादित बनाउको लागि सहयोग गरेको भन्दै शुभकामना दिएका थिए। ‘महासंघ केन्द्रको निर्णलयलाई आत्मासाथ गर्नु भएको धन्यवाद,’ खड्काले भने,‘जनप्रतिनिधिमा निर्वाचित हुन अग्रिम शुभकामना समेत छ।’

प्रेस सेन्टर उदयपुरका उपाध्यक्ष समेत रहेका राईलाई महासंघ कार्यसमितिको सदस्य पदबाट राजीनामा दिई खुल्ला राजनीतिमा लाग्न प्रेस सेन्टर उदयपुरका अध्यक्ष तुलसीप्रसाद कोइरालाले आग्रह गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.