|

काठमाडौं : व्यवस्थापिका संसद् सचिवालयले आफूसँग भएका सद्दे सवारी साधन बिग्रिएको देखाएर १८ वटा नयाँ गाडी किनेको छ। यसबाट राज्यलाई करोडौं रुपैयाँको अनावश्यक भार परेको छ।

सचिवालय परिसरमा सयभन्दा बढी सवारी साधन त्यत्तिकै थन्काएर राखिएको देखिन्छ। ती गाडी सबैजसो प्रयोग गर्न योग्य भए पनि सचिवालयले नयाँ किन्नकै लागि 'बिग्रिएका' भन्दै प्रयोग नगरेको हो। लामो समयसम्म प्रयोग नगरी थन्काएर राख्दा केही गाडी मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन्।

आफूसँग भएका गाडी प्रयोगमा ल्याउन छाडेर सचिवालयले १८ वटा नयाँ गाडी खरिद गरेको हो। खरिद गरिएका १८ गाडीमध्ये १२ स्कार्पियो जिप शनिबार र तीनवटा ह्याच ब्याक कार सोमबार ल्याइएको छ। बाँकी तीनवटा कार पनि मंगलबार ल्याइयो।

सचिवालयले ४९/४९ लाख रुपैयाँका दरले १२ वटा स्कार्पियो, १७/१७ लाख रुपैयाँमा ६ वटा कार किनेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.