|

रुकुमः जिल्ला प्रहरी कार्यालय रुकुमले पछिल्लो १० महिनामा १७ वटा चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।

मुसिकोट नगरपालिका, वाँफिकोट गाउँपालिका, त्रिवेणी गाउँपालिकालगायतबाट उक्त मोटरसाइलहरू नियन्त्रणमा लिइएको हो।

मोटरसाइकल नियन्त्रण गरेको र चलाउनेलाई आवश्यक सचेतना गराई छाडिने गरिएको छ भने मोटरसाइलकहरू भन्सारमा पठाई लीलाम गर्ने गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

चोरीका सवारी साधनले दुर्घटना निम्त्याउन सक्ने भन्दै प्रहरीले कडा निगरानी राखेको प्रहरी निरीक्षक थमनबहादुर रजाँलीले बताए। नयाँभन्दा चोरीको सवारी साधान किन्दा सस्तो पर्ने हुँदा चोरीका साधनहरूको प्रयोग बढ्ने गरेको प्रहरीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.