|

रुकुम  : पूर्वी रुकुममा ३ वटा भरुवा बन्दुकसहित बाबुछोरा पक्राउ परेका छन्। जिल्लाको भूमे गाउँपालिका-२, काँक्रीका बुबा कामी बुढा र छोरा करले पुन पक्राउ परेका हुन्।

गाउँमा छलफल भइरहेका बेला एक्कासि युवाहरुबीच झडप हुँदा करले पुनले बन्दुक  देखाएपछि स्थानीयको सूचनाको आधारमा प्रहरी टोली त्यस क्षेत्रमा पुगी पक्राउ गरेको हो। तीनमध्ये एउटा हतियार चाहिँ लाइसेन्ससहित भन्ने प्रारम्भिक सूचना आएको प्रहरीले बताएको छ। उनीहरुलाई हात हतियार तथा खरखजनाअन्तर्गत मुद्दा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमख अंगुर जिसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.