|

रुकुम : रुकुमको चौरजहारी नगरपालिकाका विभिन्न वडाका अध्यक्षले रगतदान गरेर रक्त समूह परीक्षण कार्यक्रमको उद्घाटन गरिएको छ। विश्व रक्तदाता दिवसको अवसमा रुकुमको चौरजहारी नगरपालिकामा आयोजना गरिएको रक्तदान तथा रक्त परीक्षण कार्यक्रम सञ्चालन गरिएको हो।

नेपाल रेडक्रस सोसाइटी उपशाखा चौरजहारी र चौरजहारी अस्पतालको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो। चौरजहारी नगरपालिका वडा नं १ का अध्यक्ष भद्र बहादुर विष्ट, वडा नं ३ का वडा अध्यक्ष लाल बहादुर बुढाथोकी र वडा नं ५ का वडा अध्यक्ष उदयराम केसीले रगतदान गरेका हुन्।

चौरजहारी अस्पतालमा गरिएको कार्यक्रममा नवनिर्वाचित वडा अध्यक्षहरुसहित नेपाल प्रहरी, यातयात व्यावसायी, शिक्षकलगायत सर्वसाधारणले १० पिन्ट रगतदान गरेका छन्।

 रक्तअल्पताको समस्याबाट ग्रसित बिरामीहरुलाई लक्षित गरेर दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइएको छ। कार्यक्रमको अवसरमा एक दर्जन बढीले रगतदान र २ सय बढीले रक्त परीक्षण गरेको रेडक्रस उपशाखा सभापति तेज बहादुर बटालाले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.