|

लहानः सिरहा र सप्तरीमा बुधबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जना घाइते भएका छन्। 

पूर्व–पश्चिम सडकअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका– १० जिरोमाइल खण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। यसरी नै सप्तरीको खडक नगरपालिका– ४ अमाहा चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१क ६१९ नम्बरको मिनी ट्रक अनियन्त्रित भई पल्टिँदा त्यसका सहचालक घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स७प ४४१५ नम्बरको मोटरसाइकल बुधबार अपराह्न जिरोमाइल चोकमा रोकेर राखेको स४प ७९७६ नम्बरको मोटरसाइकलमा ठोक्किएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ। 

प्रहरीका अनुसार मोटरसाइकल ठोक्किँदा  ४४१५ नंबरको मोठरसाइकलका चालक धनगढीमाई नगरपालिका– १ बाखर बस्ने १८ वर्षका दीपक महतोसहित उनको पछाडि बसेका सोही ठाउँका अन्दाजी १७ वर्षका रमेश महतो र १३ वर्षका सिकेन्द्र कामैत घाइते भएका छन्। 

घाइते तीनै जनाको धनगढीस्थित श्रमजीवी केयर अस्पतालमा उपचार भइरहेको प्रहीले जनाएको छ। 

त्यस्तै, सप्तरीको खडक नगरपालिकामा ट्रक पल्टिँदा ट्रकका सहचालक बैतडी जिल्ला पाचन– ६ बस्ने अन्दाजी २२ वर्षका भरत विष्ट घाइते भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।

घाइते विष्टलाई उपचारका लागि लहानस्थित सप्तऋषि अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.