|

काठमाडौँ: वरिष्ठ आख्यानकार मदनमणि दीक्षितको लोकप्रिय उपन्यास ‘माधवी’को सातौँ संस्करण प्रकाशित भएको छ। 

साझा प्रकाशनले साहित्यकार दीक्षितको उक्त उत्तरवैदिककालीन उपन्यासको नयाँ संस्करण बजारमा ल्याएको हो। यो संस्करण तीन हजार १०० प्रति बजारमा आएको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए।

करिब चार दशकअघि साझाबाटै प्रकाशित करिब छ सय पृष्ठको सो कृतिका कतिपय संस्करण निजी क्षेत्रबाट प्रकाशन भए पनि स्थापित कृतिलाई साझाबाटै पुनर्मुद्रण गर्ने वर्तमान व्यवस्थापनको योजनाअनुसार सातौँ संस्करण प्रकाशित भएको हो।

यसैबीच सो प्रकाशनले दीक्षितले पाउनुपर्ने रोयल्टीमध्ये एक लाख रूपैयाँ बुधबार उनको निवास कालिकास्थानमा पुगी हस्तान्तरण गरेको छ। साहित्यकार दीक्षितले यति धेरै पारिश्रमिक एकै पटक यसअघि नपाएको भन्दै आज आफू प्रशन्न भएको प्रतिक्रिया दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.