|

काठमाडौं : ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको एक साताभन्दा बढी भइसक्दा पनि बूढानीलकण्ठस्थित निजी निवास छाडेर बालुवाटारस्थित सरकारी निवासमा सर्न सकेका छैनन्। उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन्।

देउवाको कुण्डलीअनुसार असार ३ गतेसम्म राहु अष्टम पदमा छ। ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा विध्नबाधा आउने सुझाएपछि उनी बूढानीलकण्ठमै अड्किएका हुन्।

वरिष्ठ जयोतिषी अंगीरस न्यौपानेले देउवालाई ३ गतेपछिमात्र निवास सर्न सुझाएका छन्। 'उहाँलाई बालुवाटार सर्न जेठ २७ गते शुभ मुहूर्त थियो, अब असार ४ वा ५ गतेमात्र शुभ मुहूर्त छ,' न्यौपानेले भने, '४ गते बिहान, दिउँसो र बेलुका शुभ साइत देखिन्छ।' बिहान सर्दा पूजापाठ, रुद्री, स्वस्तिवाचन गर्दा उत्तम हुनेछ भने साँझ सर्दा स्वस्ति वाचन गरे पुग्ने उनको सल्लाह छ।

'देउवाको कुण्डलीमा बृहस्पति भाग्य स्थानमा भएपनि आगामी असार ३ गतेसम्म राहु अष्ठम पदमै रहन्छ। अष्टम पदमा राहु बस्नु भनेको शत्रु पक्ष बलियो हुनु हो,' न्यौपानेले भने, 'शत्रु बलियो हुँदाहुँदै पनि देउवाज्यू प्रधानमन्त्री बन्नु त भएको छ तर असार ३ गतेसम्म जति काम गरे पनि उहाँले जस पाउने देखिन्न।'

त्यसपछि भने देउवा शक्तिशाली हुने न्यौपानेले दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.