|
Photo : playtech.ro

सुर्खेत : माछा मार्न जाने क्रममा करेन्ट लागेर सुर्खेतमा २ जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ तातोपानी पतेनी रोड नजिकै रहेको क्याम्प फायर माछापालन केन्द्रको पोखरीमा माछा मार्न जाने क्रममा बुधबार साँझ ५ बजे करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो।

मृत्यु हुनेमा कालिकोटको कालिका गाउँपालिका– ५ का २६ वर्षीय भीमबहादुर शाही र रामेछापका २६ वर्षिय पासाङ लामा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता निसान थापाले जानकारी दिए।

पोखरीमा माछा मार्न जाने क्रममा फलामको भर्‍याङ चढेका बेला सुरुमा शाहीलाई करेन्ट लागेको थियो। उनी भूइँमा खसेपछि बचाउन गएका लामालाई पनि करेन्ट लाग्यो। त्यसक्रममा घाइते भएका उनीहरुको उपचारका क्रममा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागउँमा मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.