|

काठमाडौँः नेपालको संघीयताको विषयमा नेपालमै पहिलो पटक विद्यावारिधि गरेका डा. तारानाथ घिमिरेद्वारा लिखित ‘नेपालमा संघात्मक व्यवस्था, अवधारणा र औचित्य’ पुस्तक राजधानीमा सार्वजनिक गरिएको छ।

बिहीबार प्रमुख अतिथि पूर्व सभामुख दमननाथ ढुंगानाले उक्त पुस्तक लोकार्पण गरेका हुन्। ढुङ्गानाले यस पुस्तकले नेपालको संघीयताका बारेमा रहेका असहमतिलाई चिरफार गरेको बताए।

पुस्तकले नेपालको संघीय व्यवस्था र अवधारणाका बारेमा सबै नेपालीलाई सहज रूपमा बुझ्न सहयोग पुर्‍याउने विश्वास गर्दै नेपालमा संघीयताको विषयमा पहिलो पटक विद्यावारिधि गर्ने लेखकलाई बधाई दिए। यस विषयमा विद्यावारिधि गराएकोमा त्रिभुवन विश्वविद्यालयलाई धन्यवाद पनि दिए उनले। 

पुस्तकका बारेमा बोल्दै संविधानविद् काशीनाथ दाहालले निष्पक्ष रूपमा संघीयताको चिरफार भएको र संघीयतामा चासो राख्नेहरूका लागि पुस्तक उपयुक्त रहेको बताए। नेपाल संघात्मक प्रणालीमा गइसकेकाले पुस्तक संघीयताको महत्त्वपूर्ण दस्तावेजका रूपमा आएको बताउँदै दाहालले यसबारेमा बुभ्mन सबैले पुस्तक अध्ययन गर्नुपर्ने धारणा व्यक्त गरे।

ज्ञानज्योति बुक्स पब्लिकेशन वितरक रहेको उक्त पुस्तकको मूल्य ४७५ रुपैयाँ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.