|

कालीकोटः जिल्लामा अवैध रूपमा आयुर्वेदिक औषधि र जडिबुटी व्यापारमा रोक लगाइएको छ। 

कुनै प्रमाणविना अवैधानिक रूपमा यस्ता जडिबुटी र आयुर्वेद औषधि बिक्री हुन थालेपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले बिक्री बितरणमा रोक लगाएको हो।

स्वास्थ्य क्षेत्रको जानकारीविना नै गाउँगाउँमा विभिन्न आयुर्वेद कम्पनीका औषधि र जडिबुटीको व्यापारका कारण मानव स्वास्थ्यमा समस्या देखिन थालेपछि यसलाई रोक लगाइएको हो।

जिल्लामा विभिन्न ठाउँमा आयुर्वेद स्वास्थ्य केन्द्रले प्रमाणित नगरेका औषधि बिक्री भइरहेका र एउटा रोगका बिरामीलाई अर्कै रोकको औषधि दिन थालिएका कारण यस्ता जडिबुटी तथा आयुर्वेद औषधिको बिक्री वितरण तथा यस्ता व्यापारी तथा समूहलाई रोक लगाइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख लक्ष्मीप्रसाद पाण्डेले बताए। 

‘अवैध तथा आयुर्वेद केन्द्रले प्रमाणित नगरेका तथा कुनै ब्राण्डविनाका औषधि बिक्री वितरणका कारण स्वास्थ्य क्षेत्रमा समस्या आएको छ’, उनले भने, ‘त्यसै कारण यस्ता औषधिको बिक्री वितरणमा रोक लगाइएको हो।’

गाउँघरमा सिलाजित, हर्वल चुर्णलगायतका औषधि दिएर विभिन्न रोगको बिराम सञ्चो हुने भन्दै व्यापक रूपमा अवैधानिक, ल्याव टेष्ट नगरिएका औषधि बिक्री वितरणका कारणले नागरिक स्वास्थ्यमा खराबी आएको उनले बताए। 

आधिकारिक अनुमति र कागजातविना बिक्री भएका कारण रोक लगाउनुपरेको निमित्त प्रमुख पाण्डेले बताए। ‘नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.