|

डडेल्धुरा : डडेल्धुरामा एक युवा मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गन्यापधुरा गाउँपालिका ३ मष्टामाण्डौं गर्खाका ३२ वर्षीय भीमबहादुर बोहरा जिल्ला सदरमुकाम बागबजारमा मृत फेला परेका हुन्।

विगत दुई वर्ष देखि वसपार्कमा रहेको एएएसबी सप्लायर्समा कार्यरत बोहरा बिहीवार बिहान मृत अवस्थामा फेला परेको पसल सञ्चालक टिकादत्त अवस्थीले जानकारी दिए।

बुधबार राति खाना खाएर सुतेका बोहरा बिहान अबेर सम्मपनि नउठेपछि प्रहरीलाई खबर गरिएको पसल सञ्चालक अवस्थीले बताए। बोहरा सुतेको कोठाको भित्रबाट बन्द गरिएको ढोका प्रहरीले फोडी उनको शव निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव निरीक्षक करवीर ऐर जानकारी दिए।

नायव निरीक्षक ऐरका अनुसार उनको शरीरमा कुनै चोट पटक नलागेको र ओछ्यानमा सुतिरहेकै अस्थामा मृत भेटिएको बताए। बोहरा यो भन्दा अगाडि धनगढीको होटलमा काम गरेको र त्यहाँ काम गर्दा उनले मुसा मार्ने औषधी सेवन गरेको प्रहरीले जनाएको छ। मृतक बोहराको शव उपक्षेत्रीय अस्पताल डडेल्धुरामा पोष्टमार्टम पछि आफन्तको जिम्मामा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.