|

सिन्धुपाल्चोक : भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लामा पछिल्लो एक वर्षमा घरेलु हिंसाका घटना अस्वाभाविक रुपमा वृद्धि भएको छ। अस्थायी तथा असुरक्षित आवास र मनोसामाजिक असरका कारण घरेलु हिंसाका घटना वृद्धि भएको तथ्यांकले देखाएको छ।

जिल्ला प्रहरी कार्यालयको तथ्याक-अनुसार आर्थिक वर्ष २०७०/०७१ मा घरेलु हिंसाका ९९ वटा मुद्दा परेकोमा आर्थिक वर्ष २०७२/०७३ मा १ सय ३० परेका छन्। त्यस्तै ०७०/०७१ मा जबरजस्ती करणीका उजुरी १०, बहुविवाह ७ र मानव बेचविखन (वैदेशिक रोजगारीमा ठगी) को ७ वटा घटना दर्ता भएका थिए।

२०७१/०७२ मा घरेलु हिंसाको उजुरी १ सय ५, जबरजस्तीकरणी २७, जबरजस्ती करणी उजुरी ४, बहुविवाह ४ र मानव बेचविखनको २ वटा घटना दर्ता भएका छन्। २०७२/०७३ मा जबरजस्तीकरणी १०, जबरजस्तीकरणी उजुरी ८, बहुविवाह मानव ६ र मानव बेचविखनको २ वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्याम अधिकारीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.