|

धनुषा : आन्दोलनरत राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले प्रदेश नम्बर २ को निर्वाचन सार्ने सरकारको निर्णय मान्य नहुने चेतावनी दिएका छन। सरकारले आफूहरुको आन्दोलन भाँडने नियतका साथ निर्वाचनको मिति सार्ने निर्णय गरेको उनको आरोप छ।

जनकपुरमा शुक्रबार सञ्चाकर्मीलाई प्रतिक्रिया दिँदै यादवले आन्दोलनरत पक्षलाई विभाजित गर्न सरकारले षडयन्त्र गरिरहेको आरोपसमेत लगाए। २ नम्बर प्रदेशको निर्वाचन सार्नेबारे अाफूहरुसँग सल्लाह नभएको उनको जिकिर छ।

यद्यपी सत्तारुढ दलहरु राजपासँगको बिहीबारको बैठकलगत्तै निर्वाचन सार्ने निर्णयमा पुगेका थिए। यादवले संविधान संशोधनविना निर्वाचनमा जान नसकिने जिकिरसमेत गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.