|

काठमाडौं : गर्मी मौसममा काठमाडौमा झाडापखालाको बिरामी बढेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा विगत ४ दिनदेखि झाडापखालाका बिरामीको चाप बढेको अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले बताए।

उनले भने' विगत चार दिनदेखि अस्पतालमा झाडापखालाको उपचार गर्न आउने बिरामीको चाप ह्वातै बढेको छ। पहिले दिनमा ५/६ जना बिरामी आउने गरेकोमा अहिले दिनमै १४/१५ जना विरामी आउने गरेका छन्।'

४ दिनयता मात्र अस्पतालमा करिब ७५ जना बिरामीले बहिरंग सेवा र भर्ना गरेर उपचार गराएका डा.पुनले बताए। गर्मी सुरु हुनुअघि दैनिक सरदर पाँचदेखि सात जनामात्र झाडापखालाका बिरामी उपचारका लागि आउने गरेकामा अहिले बिरामीकोचाप बढेको हो।

त्यसैगरी गर्मीकै कारण सो अस्पतालमा जन्डिस र टाइफाइडका रोगीको चाप पनि बढ्दो रहेको छ। अस्पतालका अनुसार पाँच दिनयता दैनिक १४/१५ जनाको हाराहारीमा  बिरामी आउने गरेका छन्।

झाडापखाला खाना तथा पानीबाट सर्ने रोग भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने डा. पुनले बताए। 'झाडापखाला खाना तथा पानीबाट सर्ने रोग हो। त्यसैले स्वस्थ जीवनशैली अपनाउनु पर्छ। खाना बनाउनुअघि, खानुअघि तथा दिसा धोइसकेपछि राम्रोसँग साबुन पानीले हात धुनुपर्छ। खानेकुरा राम्रोसँग पकाएर मात्र खाने, फोहोर, बासी तथा सडेगलेको खानेकुरा नखाने, पानी उमालेर मात्र पिउने, फलफूल, सागपात तथा सलादहरु राम्रोसँग धोएर तथा सफा गरेर मात्र खाने गर्नु पर्छ' उनले भने। 

झाडापखाला लाग्दा दिसा पातलो हुने वा धेरैपटक लाग्ने, पिसाब निकै कम लाग्ने हुन्छ। पेट बटारिने, दुख्ने, वाकवाकी लाग्ने। लक्षण देखिने हुँदा यस्तो लक्षण देखिएको ४८ घण्टासम्म पनि झाडापखाला निको भएन र ज्वरो पनि घटेन भने उपचार गराउनु पर्ने डा. पुनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.