|
विस्फोटबाट घाइते भएकालाई उपचारका लागि अस्पताल लगिदै।

पूर्वी चीनमा रहेको एउटा पूर्वप्राथमिक विद्यालयमा बिहीवार गरिएको बम विस्फोटमा आठ जना मारिएका छन्। विस्फोटमा दर्जनौं घाइते भएको सिन्ह्वाले लेखेको छ।

सरकारी अधिकारीहरुका अनुसार जियाङ्सु प्रान्तमा रहेको विद्यालयमा गरिएको विस्फोटमा पूर्वप्राथमिक कक्षामा अध्ययनरत विद्यार्थी मारिएका छन्। विद्यार्थीहरु कक्षाकोठामा पढिरहेको बेला विस्फोट गरिएको थियो।

२ जनाको घटनास्थलमा नै र बाँकी ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ। स्कुलको ढोकामा गरिएको विस्फोटमा हिँडिरहेका यात्रु पनि घाइते बताइएको छ।  

चिनियाँ प्रहरीले विस्फोट आतंककारी गतिविधि रहेको अनुसन्धानबाट खुलेको बताएको छ। प्रहरीले विस्फोटक पदार्थ घरमा तयार गरिएको हाते बम भएको भएपनि शक्तिशाली रहेको बताएको छ। जसले गर्दा धेरै क्षति भएको बताएको छ। विस्फोट गराउने व्यक्ति २२ वर्षीय युवक रहेको र उसको पनि मृत्यु भएको बताइएको छ।

विस्फोटन गर्ने युवक उक्त विद्यालय निजकै डेरा गरी बस्ने र उनमा स्वास्थ्य समस्या रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.