|

गोरखाः जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्ला सदरमुकाम क्षेत्रमा अवैध रूपमा रहेका गाँजाका बिरुवाहरूको फँडानी सुरु गरेको छ। 

प्रहरीले शुक्रबार सदरमुकामको भीआईपी टोल, बतासेडाँडा क्षेत्रमा गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। प्रहरीले यसलाई अभियानकै रूपमा सुरु गरेको र जिल्लाका अन्य क्षेत्रमा पनि गाँजा खेती फँडानी गर्ने जनाएको छ। 

प्रहरीले केही गाँजाका बिरुवा व्यक्तिका खेतबारीमा र केही सार्वजनिक स्थलमा फँडानी गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.