|

दाना शाही - 

    जुम्ला : प्राध्यापक डा. हेमाङ्गराज अधिकारीले स्थानीय भाषिकालाई मानक नेपाली भाषा बनाउन खोजेर नेपाली भाषा बिगारेको आरोप लगाएका छन्। शुक्रबार जुम्ला बहुमुखी क्याम्पस जुम्लामा “नेपाली भाषा” विषयक गोष्ठीमा उनले यस्तो बताएका हुन्। गोष्ठीलाई सम्बोधन गदै प्राज्ञ प्राध्यापक डा. हेमाङ्गराज अधिकारीले नेपाली भाषाको जग सिंजा नै भएको दाबी गरे।

    डा.अधिकारीले अहिले भाषिकाहरुलाई भाषा बनाउने अभियान चलिरहेको बताए। उनले भने, 'अहिले नेपाली भाषाको आधुनिकीकरण र मानकीकरण भइरहेको छ, विकसित भाषा र त्यसको मानक बनाउने कुरा पनि चलिरहेको छ। यहाँका नागरिकहरुले नै स्थानीय भाषाको ज्यादा प्रयोग गरेर भाषा बिगारेका हुन्।' उनले आरोप लगाए थिए।

    'मध्यकालमा खस भाषा मानक थियो, तर आधुनिक ज्ञान, विज्ञानका कुरा नहुँदा नेपाली भाषा संकाटोन्मुख अवस्थामा छ'  उनले थपे। आफूले अहिले नेपाली शब्दकोषमा नभएका २५ हजार शब्द संकलन गरी त्यसमा थपेर बृहत शब्दकोष निर्माण गर्ने लक्ष्य राखेको पनि उनले सुनाए।  

    जुम्लाका भाषाविद् तथा संस्कृतिकर्मी रमानन्द आचार्यले खस भाषा लोप हुन थालेकोमा चिन्ता व्यक्त गरे। उनले प्राज्ञा प्रतिष्ठानले नेपाली भाषाका शब्दकोषहरु थप्न अन्य कुनै ठाउँ र दुःख नगरी कर्णालीमा १ लाख शब्द पाइने बताए।

    जुम्ला बहुमुखी क्याम्पसका प्रमुख वसन्तराज भण्डारीले जुम्लामा पहिलो पटक ऐतिहासिक कार्यक्रम भएको र भाषा विज्ञलाई पाउँदा उनीहरुबाट धेरै कुराहरु सिक्न सकिने बताए। जुम्ला बहुमुखी क्याम्पसका उपप्रध्यापक प्रकाशचन्द्रखत्रीले सञ्‍चालन गरेको विभिन्नले व्यक्तित्वहरुले आफ्नो भनाइ राखेका थिए। 

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.