|

सिमकोटः कैलाश मानसरोवर दर्शन गर्न गएका एक भारतीय तीर्थयात्रीको बाटोमै मृत्यु भएको छ।

भारतको महाराष्ट्र राज्यको नागपुर निवासी ६३ वर्षका निभृत्ति शिवराज मानसरोवर पुगेर फर्कंदै गर्दा अचानक बिरामी भएपछि उनलाई उपचारका लागि हुम्लाको सिमकोट ल्याउँदै गर्दा बिहीबार बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कमलप्रसाद नेपालले जानकारी दिए।

जिल्ला अस्पताल हुम्लामा उपचारका लागि लगिए तापनि उनको अस्पताल पुग्नुअगाडि नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृतक शिवराजको शवलाई बिहीबार नै भारत लगिएको छ।

जेठ पहिलो सतादेखि अहिलेसम्म प्रति दिन पाँच सय भारतीय नागरिक कैलाश मानसरोवर तीर्थका लागि जाने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.