|

काठमाडौँ: गजलकार ज्ञानुवाकर पौडेलको मुटुमा अचानक समस्या देखिएपछि पेसमेकर राखिने भएको छ।

नेपाली गजलका पुनर्जागरणकर्ताका रूपमा सुपरिचित पौडेलको मुटुमा समस्या देखिएपछि गङ्गालाल हृदय रोग केन्द्रमा उपचार गराइरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ। 

उनकी श्रीमती त्रिपुरा पौडेलका अनुसार केही दिनअघि मुटुको ढुकढुकी कहिले छिटो, कहिले ढिलो हुने समस्या देखिएपछि उनलाई गङ्गालाल हृदय रोग केन्द्र बाँसबारीमा केही दिन भर्ना गरेर विभिन्न परीक्षणहरू गरिएका थिए। हाल अस्पतालबाट डिस्चार्ज भई घरमै आराम गरिरहेका पौडेलको मुटुमा आउँदो मङ्गलबार 'पेसमेकर' राखिने भएको छ|

नेपाली साहित्यका गजल, मुक्तक र उपन्यासमा कलम चलाएका पौडेलका विभिन्न विधाका साहित्यिक कृति प्रकाशित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.