|

  • दीपक शर्मा-

सल्यानः सल्यानमा जिपको ठक्करबाट एक बालकको ज्यान गएको छ। ठक्कर दिने जिपमा स्थानीयले आगो लगाइदिएका छन्।

शुक्रबार दिउँसो ढोरचौर गाउँपालिका– १ मोखला बजारमा भे१च १५४१ नम्बरको जिपले ठक्कर दिँदा सल्यान बागचौर नगरपालिका– १ का नौ वर्षका गोपाल बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिप चालक फरार भएको र उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ। 

बालकलाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले उचित क्षतिपूर्तिको माग गर्दै गाडीमा आगजनी गरेका छन्। पीडितलाई उचित क्षतिपूर्ति नदिएसम्म गाडी चल्न नदिने भन्दै स्थानीयले लोकमार्गसमेत अवरुद्ध गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.