|
फाइल फोटो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो। 

निगमका प्रवक्ता सीताराम पोखरेलले पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर रु १.५० घटाइएको जानकारी दिए। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय बनाइएको छ। हाल पेट्रोलको मूल्य रु १०१.५० रहेको थियो । 

त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पनि रु १.५० पैसाले घटेर रु ७६ रुपैयाँ कायम भएको छ। हालसम्म डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य रु ७७.५० छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् नै राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.