|
फाइल फोटो

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्लामा स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट विवादले खैलाबैला मच्चिएको छ। विवाद कांग्रेस सभापति समेत रहेका देउवासमक्ष पुगे पनि समाधान हुन सकेको छैन। 

जिल्ला पार्टी सभापति कर्णबहादुर मल्ल र निवर्तमान सभापति रघुवर भट्ट पक्षबीच उम्मेदवार छनोटमा देखिएको विवाद छताछुल्ल छ। दुवै पक्ष देउवाको छत्रछायामा हुर्केको भए पनि पछिल्लो पटक उम्मेदवार छनोटमा पानी बाराबारको अवस्थामा पुगेका छन्। मल्ल पक्षले एकलौटी रुपमा जिल्लामा टिकट वितरण गरेको आरोप लगाएको छ। 

भट्ट पक्षले भने विधि अनुसार उम्मेदवार छनोट गरेको दावी गरेको छ। विवाद यतिसम्म चुलिएको छ कि वडा अध्यक्ष र सदस्यको उममेदवार छनोटमा मल्ल पक्ष सहभागी नै भएको छैन। जिल्लामा मनोनयन गर्ने दुई दिन अघिसम्म भट्ट पक्षले वडा उम्मेदवार छनोट गरिरहेका बेला मल्ल पक्षले बहिस्कारको अवस्थामा सदरमुकाममा भेटियो।

डडेल्धुरा कांग्रेस उपसभापति करुणाकर भट्टले सबैका नेता देउवा भएको उल्लेख गर्दै उम्मेदवार छनोट एकतर्फी भएको बताए। 'वडा, गाउँ, नगर समितिबाट सिोारिस भएका व्यक्तिलाई पुरै वेवास्ता गरियो' उनले भने 'उम्मेदवारलाई टिकट वितरण एकतर्फी भयो यसमा हाम्रो असहमति हो।' 

भट्ट पक्षका एक नेताले जिल्ला सभापति मल्लले वडा समितिबाट एकपक्षीय ढंगले उम्मेदवार सिफारिस गरेका कारण विवाद भएको दावी गरे। 'सभापति पक्षले वडा समितिदेखि एकलौटी सिफारिस गर्‍यो, जिल्ला समिति बहुमतले त्यसलाई अस्वीकार गरेको हो' ती नेताले भने "विधि अनुसार उम्मेदवारलाई टिकट वितरण भएको हो। निर्वाचनपछि पार्टी पद्धति अनुसार कारबाही हुन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.