|

पोखरा : निर्वाचित जनप्रतिनिधिलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालन गर्ने तरिका र नियम कानुनबारे जानकारी गराउन पोखरामा २ दिनसम्म अभिमुखीकरण आयोजना गर्‍यो। तर जनप्रतिनिधिले भने तीनै दिन एउटै रटान लगाए ' हामीलाई सुविधा चाहिन्छ।' उनीहरुले भनेको त्यो सुविधा हो गाडी।

गाडी पनि फोरह्वील चाहिन्छ, पुतलीबजार नगरपालिकाकी प्रमुख सीमा क्षेत्रीले भनिन् " जनताको काम गर्ने हो भने सुविधा चाहिन्छ।' उनले वडा वडा र टोलटोलमा पुग्ने गतिलो सडक नभएकाले फोरह्वील गाडी नै चाहिने माग गरिन्। 

पर्वतको महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले गाडी नभए कर्मचारी र इन्जिनियरहरु पनि गाउँटोलमा पुग्न नसक्ने बताए। ' अहिले महिनाको डेढ लाखमा गाडी भाडामा लिन पर्‍या छ, गाडी किन्नुभन्दा अहिलेको भाडा महंगो पर्‍या छ' उनले भने। 

अर्थ मन्त्रालयका सहसचिव निर्मलहरि अधिकारीले सडक, शिक्षा, सिञ्चाईका लागि स्थानीीय तहलाई दिइने बजेटबाट गाडी किन्न नमिल्ने जानकारी दिए। किन्नैपरे आफैले स्रोत जुटाएर किन्न सकिने उनले बताए। सहसचिव अधिकारीले गाउँ र नगरका परिषद बाटै पास गरेर र अरु सुविधा पनि जनप्रतिनिधिले लिन सक्ने जानकारी दिए। तर महाशिलाका अध्यक्ष पौडेलले आन्तरिक स्रोत जुटाउन अहिलेलाई कठिन र चुनौतीपूर्ण रहेको सुनाए। 

सुविधा नदिनुलाई भिमाद नगरपालिका प्रमुख मेखबहादुर थापाले हातखुट्टा बाँधेर दौड भनेजस्तो भएको धारणा राखे। घरपझोङ गाउँपालिका मुस्ताङकी उपाध्यक्ष शर्मिला गुरुङले जनताबाट चुनिएका प्रतिनिधिलाई मर्यादासम्म नराखिएको गुनासो गरिन्। भीमसेन गाउँपालिका गोरखाका अध्यक्ष ईश्वर पाण्डेले मन्त्रालयहरुमा कर्मचारी कामविहीन हुने भएकाले तिनीहरुले चढ्ने गाडी भए पनि पठाइदिन अनुरोध गरे। उनले भने ' तर गाडी त फोरह्वील नै चाहिन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.