|

इलाम : नेकपा माओवादी केन्द्रका तर्फबाट इलाम नगरपालिका वडा नम्बर १२ का वडाध्यक्षका उम्मेदवार नारायण राई बेपत्ता भएका छन्। शनिबार हुने आमसभाको तयारीका लागि भनेर शुक्रबार दिउसो ४ बजे घरबाट निस्किएका राई सम्पर्कबिहीन भएको नेकपा माओवादी केन्द्र इलाम नगर कमिटीले जनाएको छ।

बेपत्ता भएका राईको खोजीका लागि प्रहरी र निर्वाचन कार्यालयलाई जानकारी गराइएको इलाम नगरपालिका प्रमुखका उम्मेदवार छविलाल आर्चाय (प्रवाश शर्मा) ले बताए। राईको खोजीका लागि नगर कमिटीले वाइसिएल समेत परिचालन गरिसकेको छ।

राई सम्पर्कमा नआउन्जेल इलाम नगरपालिका १२ मा उम्मेदवारी मनोनयन रोक्न माओवादी केन्द्रले माग गरेको छ। आइतबार उम्मेदवारी मनोनयनको दिन हो। 

राईको मोबाइल नम्बर ९८१६०८८२०९ मा फोनमा शनिबार साँझसम्म फोन गए पनि रिसिभ भएको थिएन। अहिले मोबाइल अफ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.