भोलिदेखि खोप सेवा लिन सकिने

|

काठमाडौं: एक महिनादेखि अभाव हुँदै आएको जापानिज इन्सेफ्लाइटिस रोगविरुद्धको खोप (जेई भ्याक्सिन) आज आइपुग्ने भएको छ। पुरानो स्टक सकिएर चीनबाट ल्याउने प्रक्रिया लम्बिँदा नयाँ खोप आउन समय लाग्ने भएपछि अभाव भएको भ्याक्सिन आज आइपुन्ने स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्थापन महाशाखाका कोलसेन तथा खोप वितरण महशाखाको प्रमुख बढे बाबु थापाले बताए।

उनले भने, 'पुरानो स्टक सकिएको र चीनबाट ल्याउने प्रकृया लब्बिँदा खोपको अभाव भइरहेको थियो तर केही ढिलो भए पनि आज खोप आइपुग्छ र हामीले भोलिबाट वितरण गर्छौं।'

इन्सेफ्लाइटिसबाट जोगाउन १२ महिना पुगेका बालबालिकालाई दिइँदै आएको यो खोप लगाउने बालबालिकाको संख्या हाल नेपालमा ६ लाख ६० हजार रहेको छ। त्यसका लागि विभागले अहिले दुई लाखभन्दा बढी भाइल खोप ल्याउँदै गरेको प्रमुख थापाले बताए। ‘एक भाइलमा पाँच डोज खोप हुन्छ तर खोलेपछि पाँचवटा बच्चा भेटिएन भने त्यसै खेर जान्छ, उनले भने, त्यसैले हामीले १० लाख डोज जति ल्याउने गरेका छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.