भक्तपुर : भक्तपुर औद्योगिक क्षेत्रनजिक इँटापाकेमा यती कार्पेट कारखानामा शनिबार राति लागेको भीषण आगलागीबाट दुई पक्की भवन, पाँचवटा जस्ताको टहरामा सञ्चालित कार्पेट उद्योग पूर्णरुपले क्षति भएको छ। आगलागीबाट पोली फाइबर, २ वटा गाडी, डिजेल स्टोर, डिएफओ तेल स्टोर, केमिकल, विभिन्न रङ्गहरु समेत पूर्ण रुपमा नष्ट भएको छ।
उद्योगी अनिल केडियाद्धारा सञ्चालित कार्पेट कारखानामा करिब २ अर्ब बराबरको क्षत भएको अनुमान गरिए पनि अझै यकिन हुन बाँकी रहेको महानगरिय प्रहरी परिसरका डिएसपी कृष्ण प्रसाईंले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।