आमा भीरबाट खसिन्, बाबु दोस्रो बिहे गरेर भारतमा बेपत्ता, बालकको विचल्ली

|

  • रमेश रावल- 

कालिकोट : सुन्दा पनि अचम्म लाग्‍न सक्छ, तर घटना सत्य हो।  कालिकोट नरहरिनाथ गाउँपालिका-२ का ८ वर्षीय बालक बिमल दर्जी जन्मदै फरक पहिचान लिएर जन्मिएका थिए। जन्मदै दुवै हात नभएका उनी खुट्टाले लेखेर झमक घिमिरे जस्तै सिको गरिरहेका छन्। बिमल खुट्टाले लेखेरै गाउँमै कक्षा दुईमा पढ्छन्।

तीन वर्ष अघि बिमलकी आमाको जंगलमा घाँस काट्न गएको बेला भीरबाट खसेर मृत्यु भयो, त्यसको केही समयपछि बुबाले अर्को विवाह गरेर भारततिर लागे। अहिलेसम्म पनि बाबुको अत्तोपत्तो छैन। अहिले बिमल गाउँमा काका नाता पर्नेको संरक्षणमा हुर्कंदै छन्।

‘पढेर झमक दिदी जस्तै बन्नुछ’ गाउँ पुगेका व्यक्तिहरुसँग बिमल भन्छन्, ‘गाउँमा अभाव र समस्यै-समस्या छ, कसैले पढाइ दिन्थे कि पढ्ने अवसर पाउने हो भने केही गर्थें जस्तो लाग्छ’ उनले भने।

गाउँकै प्राथामिक बिद्यालयमा कक्षा २ अध्ययनरत बिमल पढाइमा राम्रै भएको शिक्षक निर्मल कुमार बिष्टले बताए। बिमलका काकाले आर्थिक अभावले पढाइमा समस्या भएको बताए। उनले भने, ‘बिमल पढाइमा अब्बल नै छन्।’

‘जन्मँदै  दुवै हात छैनन्, पढाइमा राम्रै छन्’ शिक्षक बिष्टले भने, ‘कुनै संस्था वा व्यक्तिले यसको संरक्षण गरिदिएको भए राम्रो हुन्थ्यो, गाउँमा भनेजस्तो पढाइ हुँदैन।’सहयोग गर्न चाहनेले शिक्षक निर्मल बिष्टको सम्पर्क नं. ९८४१८६२१२६ र थाहाखबर अनलाइनलाई खबर गर्न सकिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.