|

डडेल्धुरा : पक्राउ परेका पत्रकारद्वय खेम भण्डारी र गणेश भट्टलाई रिहा गर्न माग गर्दै पत्रकारहरू धर्नामा बसेका छन्।

‘दैनिक मानसखण्ड’का प्रकाशक तथा प्रधान सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक गणेश भट्टको रिहाईको माग गर्दै आइतबार बिहान १० बजेदेखि पत्रकारहरू नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहको अगुवाइमा जिल्ला प्रशासनमा धर्नामा बसेका हुन्।

पत्रकारहरू बिहानैदेखि हातहातमा प्ले कार्ड समातेर धर्नामा बसेका छन्। ‘पत्रकार खेम भण्डारी र गणेश भट्टलाई मात्र होइन् हामीलाई पनि पक्राउ गर’- प्ले कार्डमा लेखिएको छ।

पत्रकार भण्डारी र भट्टलाई रिहा नगरेसम्म आन्दोलन जारी रहने महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहले बताए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार दैनिक मानसखण्ड का प्रकाशक एवं प्रधान सम्पादक भण्डारी र कार्यकारी सम्पादक गणेश भट्टलाई पक्राउ गरेको थियो।

प्रधान सम्पादक र कार्यकारी सम्पादक नै प्रहरी हिरासतमा रहेपछि ‘दैनिक मानसखण्ड’को आइतबारको अंक प्रकाशित हुन सकेन।

यो पनि पढ्नुस्ः पत्रकार खेम भण्डारी पक्राउ : समाचारले बिहे भाँडेको आरोप

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.