|

लहान : रोकिएका सवारी साधन एस्कर्टिङ गराउने क्रममा अवरोध गर्न खोजेको भन्दै प्रहरीले सिरहाको लहानबाट राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्यसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा राजपाका केन्द्रीय सदस्य राकेश झासहित सदस्यहरु मुकेश शर्मा र कृष्ण साह छन्। इलाका प्रहरी कार्यालय लहानले सवारी साधन एस्कर्टिङ गराउने क्रममा अवरोध गर्न खोजेपछि नियन्त्रणमा लिइएको जनाएको छ।

त्यस्तै, सप्तरीको खडक नगरपालिका खरचुहियाबाट जिल्ला सदरमुकाम राजविराज जाँदै गरेका राजपाका जिल्ला नेता दिनेश यादवसहित चार जनालाई प्रहरीले राजविराजबाट पक्राउ गरेको केन्द्रीय नेता गजेन्द्र मण्डलले जानकारी दिए।

मोटरसाइकल जलाइयो

यसैबीच, राजपा नेपालका कार्यकर्ताको प्रदर्शन बाहेक सामान्य रहेको सप्तरीमा नवलपरासीको घटनापछि भने स्थिति उग्र बन्दै गएको छ। राजपाका कार्यकर्ताको एक समूहले आइतबार मध्यान्ह राजविराजको गजेन्द्र चोकमा सरकारी नम्बर प्लेटको मोटरसाइकल जलाएका छन्।

सप्तरीको डाकनेश्वरी नगरपालिका १ का वडासचिव तपेश्वर साह चढेर गइरहेको स १ ब ५२९ नम्बरको मोटरसाइकल राजपा कार्यकर्ताले गजेन्द्र चोकमा रोकेर आगो लगाइदिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.