अध्यक्ष ओलीको गृहनगरमा एमालेको बागी

|

दमक : झापाका १५ स्थानीय तहमध्ये ठूला नगरपालिका मानिएका ४ नगरपालिकामा प्रमुख दलहरुले अधिकांश स्थानमा उम्मेदवारी दर्ता गराइसकेका छन्।झापाको मेचीनगर नगरपालिका, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र दमक नगरपालिमाका ठूला दलहरुले अधिकांश स्थानमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।

उनीहरुले बृहत र्याली सहति नगरपरिक्रमा गरि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन्। उम्मेदवारी दर्ताका क्रममा स्वतन्त्र उम्मेद्वारहरुले भने केही छिटो गरेका छन्। अन्य ठूला दलहरुले आ-आफ्ने शक्ति प्रदर्शन गर्ने क्रममा केही ढिला भएको छ। दमक नगरपालिकामा भने अध्यक्ष केपी शार्म ओलीको गृहनगर भएकाले सबै दलले हजारौं कार्यकर्ता सडकमा उतारेर शक्ति प्रदर्शन गरेका थिए।

 मेचीनगर नगरपालिका

मेचीनगर नगरपालिका झापाको सबैभन्दा पूर्वमा रहेको नगरपालिका हो। यो नगरपालिकामा अहिलेसम्म एमाले विष्णु प्रसाईं र मीना उप्रेतीले क्रमश: प्रमुख र उपप्रमुखमा उम्मेदवारी मनोनयन दर्ता गराई सकेको छ। उसले प्रमुख र उपप्रमुख सहित १५ वटै वडा सबै उम्मेद्वारको दर्ता गराएको हो।

यस्तै माओवादीले हंशलाल राजवंशी, इन्दिरा कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। अन्य साना दलले अब उम्मेदवारी दर्ता गर्ने र यसपछि कांग्रेसले गर्ने निर्वाचन आयोगले जनाएको छ।

भद्रपुर नगरपालिका

झापाको सदरमुकाम रहेको यस नगरपालिका नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाको गृह नगर भएकाले यसनगरलाई विशेष महत्वका साथ हेरिएको छ। यस नगरपालिकामा हालसम्म नेकपा एमाले, राप्रपा, संघीय समाजवादी फोरम नेपालसहित केही स्वतन्त्र उम्मेद्वारले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्।

एमालेको तर्फबाट जीवन श्रेष्ठ र उपप्रुखमा चन्द्रा श्रेष्ठले उम्मेदवारी दर्ता गराइसकेका छन्। यस्तै राप्रपाका तर्फबाट प्रमुखमा नवराज पनेरु र राधा कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै संघीय समाजवादी फोरमका तर्फबाट सत्रुधन चौधरी र सर्मिला लिम्बुले क्रमश प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्। यस्तै  स्वतन्त्र तर्फबाट दुर्गा भट्टराई, जगदिस काफ्ले मदनहांग सावाले प्रमुख र उपप्रमुखमा मानबहादुर धमला र कुलमाया राईले स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका छन्।

  बिर्तामोडमा नगरपालिकामा

 यो नगरपालिका झापाको प्रमुख व्यापारिक केन्द्र भएको नगरपालिका हो। यो नगरपालिकामा हाल सम्म नेपका एमालले र माओवादी केन्द्रले मात्र उम्मेदवारी दर्ता गराएका छन्। एमालेका तर्फबाट प्रमुखमा ध्रुब सिवाकोटी र उपप्रमुखमा पवित्रा महताराले उम्मेदवारी दर्ता गराई सकेका छन्। यस्तै माओवादी केन्द्रबाट सिपी कडरिया र लक्ष्मी न्यौपाने सरुले उम्मेदवारी दर्ता गराएको बताइएको छ। यस पछि कांग्रेसले गराउने बुझिएको छ।

दमक नगरपालिका

दमक नगरपालिका एमाले अध्यक्ष केपी शार्मा ओलीको गृह नगर भएकाले विषेश महत्वका साथ हेरिएको छ। यस नगरपालिकामा हालसम्म माओवादी केन्द्र बाहेका सबै दलहरुले १० वटै वडामा उम्मेदवारी दर्ता गराई सकेका छन्। माओदी केन्द्रले पनि अहिले आफ्नो शक्ति प्रर्दशन गरि नगर परिक्रमा गरि रहेको छ। दमक नगरपालिकाको प्रमुखकालागि नेपाली काँग्रेसका तर्फबाट ढुण्डिराज भण्डारी र रेगिना भट्टराईले क्रमश: प्रमुख र उपप्रमुखमा उम्मेदवारी मनोनयन दर्ता गराई सकेका छन्।

यस्तै एमालेले रोमनाथ र गीता पौड्याल अधिकारीले क्रमश प्रमुख र उपप्रमुखमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। यस्तै राप्रपाको तर्फबाट राम थापा र रिता बस्नेत श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। यस्तै जनमुक्ति पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चको तर्फबाट देउकुमार

निङ्लेकु र उपप्रमुखमा सावित्रा गुरुंगले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। यस्तै विवेकशील नेपाली दलका तर्फबाट सुवास सुवेदीले प्रमुखमा उम्मेदवारी दर्ता गराए। यस्तै स्वतन्त्र तर्फबाट अर्जुन बुढाथोकीले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराइसकेका छन्।

एमाले अध्यक्ष ओलीको गृहनगरमा एमालेको बागी

एमाले अध्यक्ष केपी शार्मा ओलीको गृहनगर दमकको वडा नम्बर ३ को वडाअध्यक्षमा एमालेविद्ध बागी उम्मेदवारी परेको छ। एमालेका कार्यकर्ता तेजस्वी थेबेले एमालेका वडा नम्बर ३ का अध्यक्ष उम्मेदवार नविन बरालको विरुद्ध बागी उम्मेदवारी हालेका हुन्।

थेबे भन्छन्,‘ पार्टीले मेरो योगदानको कदर गरेन, पटक-पटक अवसर दिन्छु भन्दै अवसर दिएन त्यसैले बागी हालेको हुँ, वडा नम्बर ३ को अध्यक्ष बाहेका सबै पदमा एमालेलाई नै सहयोग गर्छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.