|

काठमाडौं : राष्ट्रपति विद्या भण्डारी जेनेभामा आयोजित अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिई आइतबार स्वदेश फर्किएकी छन्। राष्ट्रपति भण्डारी १ सय ६ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा प्रमुख वक्ताको रुपमा भाग लिई स्वदेश फर्किएकी हुन्। 

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री, मन्त्रीहरुसहित सरकारका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गरेका थिए। त्यस क्रममा राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाले सलामी अपर्ण समेत गरेको थियो।

सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिलामाथि हुने विभेद अन्त्य गर्न सबै राष्ट्रहरुले मिलेर अर्थपूर्ण प्रयास गर्नुपर्ने धारणा राखेकी थिइन्। उनले श्रमको संसारलाई मर्यादित, समतापूर्ण र सामाजिक रुपमा न्याय सम्मत बनाउन अन्तर्राष्ट्रिय श्रम संगठनले पुर्‍याउँदै आएको योगदानको पनि प्रशंशा गरेको परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागीले जानकारी दिए। 

अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्न राष्ट्रपति भण्डारी गत मंगलबार जेनेभा प्रस्थान गरेकि थिइन्। सम्मेलनका क्रममा उनले श्रममैत्री वातावरण निर्माणका लागि विश्वका विभिन्न मुलुकहरुले दिँदै आएको योगदानका विषयमा चासोपूर्वक जानकारी लिनु भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

हेर्नुस् राष्ट्रपति स्वदेश फर्किँदा विमानस्थलमा गरिएको स्वागतको फोटो :

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.