|

उदयपुर : उदयपुर : उदयपुरमा विभिन्न राजनीतिक दलले तातो घाम नभनी  उत्साहपूर्वक बाजागाजा सहित मनोनयन दर्ता गराएका छन्। असार १४ गते हुने निर्वाचनको लागि एक हजार ८ सय भन्दा बढी उम्मेदवारले मनोनय दर्ता गरेका छन्।

जिल्लाको सदरमुकाम रहेको त्रियुगा नगरपालिकामा नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोणसभा समेत गरेका छन्। काङ्ग्रेसले मेनचोक, एमालेले पीपलचोक र माओवादी केन्द्रले बोक्से चोकमा कोणसभा गरेका हुन्।

८ वटै स्थानीय तहका निर्वाचन अधिकृतका अनुसार तीन दल एमाले, काङग्रेस र माओवादी केन्द्रले सम्पुर्ण उम्मेदवारको मनोनय दर्ता गरेका छन भने संघीय समाजवादी फोरम, राप्रपा लगायतका अन्य २० दलले संगठन रहेको क्षेत्रमा मात्र उम्मेदवार दर्ता गरेका छन्। कटारी, चौदण्डी, बेलका, त्रियुगा लगायतका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले समेत मनोनय दर्ता गरेका छन्।

गाईघाटमा उम्मेदवारी दर्ताका केही फोटो हेर्नुस्

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.