|

कावासोती : नवलपरासीको रामग्राम नगरपालिका प्रमुखमा तेस्रो लिंगीको पनि उम्मेदवारी दर्ता भएको छ। निवार्चन अधिकृत कैलाश केसीका अनुसार नेकपा मालेका तर्फबाट तेस्रो लिंगी गीता चैथवारले नगर प्रमुख पदमा उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन्। 

उनका प्रस्तावक दीपचन्द्र छठेर छन् भने समर्थक चन्द्र करौल छन्। ५१ वर्षीय चैथवार रामग्राम नगरपालिकाको वडा नम्बर ७ का बासिन्दा हुन्। उनी ८ कक्षा उत्तीर्ण हुन्।

उनीसँगै नेकपा मालेबाट नगर उपप्रमुख पदमा केवल कोइरीले उम्मेदवारी दर्ता गराएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.