|

  • विश्वराज पछल्डङ्ग्या-

बाँकेः असार १४ मा हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएर फर्किने क्रममा भएको सामान्य विवाद चर्किंदा बाँकेको बैजनाथ गाउँपालिकामा झडप भएको छ।

झडपमा परी दुई जना घाइते भएका प्रहरीले जनाएको छ। घाइते भएका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव निरीक्षक विश्वजीत गौतमको टाउकोमा चोट लागेको छ। अर्का एक जनाको पनि टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए। दुवैको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। 

एमालेले बिहानैदेखि गरिरहेको कार्यक्रममा माओवादी केन्द्रका कार्यकर्ताले हस्तक्षेप गरेपछि विवाद बढेको प्रहरीले जनाएको छ। नाचगानसहित मनोनयनका लागि आएका माओवादी कार्यकर्ताले एमालेको कार्यक्रम नजिक आएर भाषण गर्न थालेपछि भएको विवादपछि दुवै पक्षबीच ढुंगा हानाहान भएको डीएसपी काफ्लेले बताए। 

स्थितिलाई नियन्त्रणमा लिन पाँच राउण्ड अश्रु ग्यास र २० राउण्ड हवाई फायरसमेत गर्नुपरेको उनले बताए। अहिले स्थिति सामान्य भइसकेको काफ्लेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.